अबरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

अबरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
सुन्नुहोस्

सिन्धुली :  शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै  आएको बाढीका कारण  अवरुद्ध बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार अबरुद्ध राजमार्गमा पहिरो पन्छाएपछि नेपालथोक–भकुण्डेबेसी खण्ड  एकतर्फी सञ्चालनमा आएको हो । शनिवार बिहान  साँढे तीन बजेदेखि नेपालथोक– भकुण्डेबेसी खण्ड अन्तर्गत  काभ्रेको रोशी गाउँपालिका–११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पु¥याएपछि राजमार्ग अबरुद्ध थियो ।

शनिवार बिहानैदेखि अवरोध पन्छाउने काम भईरहेको छ । राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको सवारी साधन बिस्तारै गन्तव्यतर्फ पठाउन थालिएको छ । अबरुद्ध राजमार्गको अस्थायी डाइभर्सन निर्माण कार्य जारी छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.