पौडी खेल्न गएका बालक महाकालीमा बेपत्ता

पौडी खेल्न गएका बालक महाकालीमा बेपत्ता
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दार्चुला : दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षीय धीरज धामी महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन्।

धामी महाकाली नगरपालिका–५ बसपार्क क्षेत्र नजिक महाकाली नदीमा साथीहरूसँग पौडी खेल्न गएका थिए। उनी महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब १ बजेतिर साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा धामी बेपत्ता भएका हुन्। उनीसँगै गएका दुईजना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

साथीहरूले प्रहरीलाई दिएको जानकारी अनुसार धामीलाई राम्रोसँग पौडी खेल्न आउँदैनथ्यो। पहिलो प्रयासमै साथीहरूको सहयोगमा जसोतसो पौडी खेलेर नदी पार गर्दै भारततर्फ पुगेका उनी नेपालतर्फ फर्किने क्रममा नदीको बीच भागमा डुबेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ।

बेपत्ता धामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.