कारागारमा ३३ कैदीबन्दीले गरे मतदान
संखुवासभा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन्।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिइन् ।
जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र ५ महिला कैदी बन्दीले मतदान गरेको मतदान अधिकृत दाहालले बताइन् । त्यस्तैगरी अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् । जिल्लामा एक हजार ३ सय ९७ अस्थायी मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !