वेदिका केसी पक्राउ
काठमाडौं : अभियन्ता वेदिका केसी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले केसीलाई पक्राउ गरेको हो।
राधिका दासीले उजुरी दिएपछि केसी पक्राउ परेका हुन्। ब्युरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ।
केसीले सामाजिक सञ्जालमा दासीविरुद्ध भ्रम फैलाएको आरोप छ।
प्रतिक्रिया दिनुहोस !