धनुषा ४ मा आम जनता पार्टीका उम्मेदवार रास्वपा प्रवेश

धनुषा ४ मा आम जनता पार्टीका उम्मेदवार रास्वपा प्रवेश
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषा क्षेत्र नं ४ मा आम जनता पार्टीका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्। आम जनता पार्टीका उम्मेदवार सम्पत महतो आइतबार रास्वपा प्रवेश गरेका छन्।

उनलाई सोही क्षेत्रका रास्वपाका उम्मेदवार राजकिशोर महतोले स्वागत गरेका थिए। उम्मेदवार महतोसँगै आम जनता पार्टीका चारजना केन्द्रीय सदस्य रास्वपा प्रवेश गरेका छन्। 

आजपाका केन्द्रीय सदस्यहरू भरोसी महरा, रामविनोद पासवान, सुनिता देवी महतो फुलप्रास देवी महतो पार्टी प्रवेश गरेको रास्वपाका धनुषा सचिव रमेश पहाडीले बताए। उम्मेदवारसहित आजपाका केन्द्रीय तहका नेताहरूको प्रवेशले धनुषा–४ मा रास्वपाको संगठनात्मक शक्ति थप मजबुत भएको सचिव पहाडीले दावी गरे।

पार्टी प्रवेश गर्दै महतोले यस क्षेत्रमा रास्वपाको जित सुनिश्चित रहेको जिकिर गरे। घरदैलोका क्रममा देखिएको मतदाताहरुको भावनालाई कदर गर्दै रास्वपा प्रवेश गरेको महतोले बताए। उनले जनता परिवर्तनको पक्षमा उल्टिएकाले मुलुकमा बालेन सरकार बन्ने निश्चित रहेको उनको दावी छ।

पूर्वप्रधानाध्यापक रहेका आजपाका उम्मेदवार महतोको स्थानीय स्तरमा राम्रो पकड रहेको मानिन्छ। उनको प्रवेशसँगै यस क्षेत्रमा रास्वपाको चुनावी आधार थप बलियो भएको रास्वपाका मिथिला नगर सभापति विजय कुमार शाहले बताए। 

यस क्षेत्रमा नेकपा एमालेका उपमहासचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीका युवा नेता संजय कुमार महतोसहित ३७ उम्मेदवार चुनावी मैदानमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.