सेना दिवसलाई सलाम !

सेना दिवसलाई सलाम !
सुन्नुहोस्

३५०० वर्षअघि विशाल नेपालको प्रमाण पाइन्छ। पूर्वआसामदेखि पश्चिम गडवालसम्म नेपाल थियो। बीचमा नेपाल टुक्रिएर साना राज्य बने। ती सबै साना राज्य वास्तवमा नेपालै थिए। प्रत्येक राज्यमा राजा, मन्त्री र सेना हुन्थे। उपत्यका पौराणिक कालदेखि नै राजधानी थियो। विभाजनपछि पनि उपत्यकालाई नेपाल भनियो। यहाँ पनि सिंगो एउटै राज्य थिएन। कान्तिपुर, भक्तपुर र पाटनमा विभाजित थियो। पछि विशाल नेपाल फेरि एकीकृत भयो। इतिहासकार र जंगी अड्डाले यसबारे खोज्नु जरुरी छ। बाइसे–चौबिसेको सैन्य व्यवस्था खोज्नुपर्ने देखिन्छ। राजाहरू सेनाका सर्वोच्च कमाण्डर हुन्थे। गोर्खा राज्य १६१६ सालमा बन्यो। १८१९ सालपछिको सैन्य संरचना छ।

बडामहाराज पृथ्वीनारायण शाह र सैन्य इतिहास

नेपाली सेनाको स्थापना १६१६ सालमा भयो। यो सेना गोर्खाको लिगलिग कोटमा जन्मियो। यसको नाम पटक–पटक परिवर्तन हुँदै आयो। सेनालाई तिलंगा र गोर्खाली सेना भनिन्थ्यो। पछि शाही नेपाली सेना नाम रहन गयो। अहिले फेरि यसलाई नेपाली सेना भनिन्छ। सेनाले आफ्नो इतिहासको ज्येष्ठता घटाएको छ। इतिहासमा १८१९ र १८२५ साल लेखिएका छन्। २००१ साललाई पनि स्थापना वर्ष मानिएको छ। यी मितिमा कुनै ठोस आधार छैन। पृथ्वीनारायण अघि पनि नेपालमा सेना थिए। गोर्खा राज्यमा पनि सेना र सेनापति थिए। त्यहाँ मन्त्री र काजीहरूको व्यवस्था थियो। बडामहाराजले १६१६ कै संरचना प्रयोग गरे। १८१९ सम्म पुरानै संरचना कायम थियो। त्यसपछि मात्र पश्चिमा शैलीको कम्पनी बन्यो। यस संरचनालाई हाल गुल्म स्तर भनिन्छ। १६१६ देखिको संरचनाबारे शोध भएको छैन। ‘स्थायी सत्ता’ले इतिहास खोज्न आवश्यक छ।

बडामहाराज आफैं एक महान् सेनापति थिए। उनले सेनाको आधुनिक संगठनको खोजी गरे। आधुनिक हतियार र युद्धकलामा उनले जोड दिए। सेनालाई आधुनिक सेवा र सुविधा उपलब्ध गराए। उनी कौटिल्य र सुनत्जु जस्तै महान् थिए। मेकियाभेली र बिसमार्कको संयुक्त रूप उनी हुन्। उनले ५ वटा सैन्य कम्पनीहरू स्थापना गरे। श्री श्रीनाथ र काली बक्स कम्पनी बने। गोरखपछि पुरानो गोरख कम्पनी बन्यो। सबुज र बर्ज वाणी पनि स्थापना भए। बर्ज वाणी कम्पनी १८१९ सालमा बन्यो। यसलाई २०४९ मा बर्दबहादुर बनाइयो। सेनाको कम्पनीको नाम बदल्नु गल्ती हो। पहिलेको नाम परिवर्तन गर्ने चलन छैन। श्री श्रीनाथ गण सेनाको सर्वश्रेष्ठ गण हो।

प्रतापसिंह शाह र सैन्य अभियान 

परमसेनाधिपति प्रतापसिंह शाहको जन्म १८०८ मा भयो। उनको राज्यकालमा चितवनको विजय प्राप्त भयो। उपरदाङ गढीमाथि नेपाली सेनाले जित निकाल्यो। विजयपुरदेखि पूर्वपल्लो किरातसम्म सेना पुग्यो। सेन राजाका मन्त्रीहरूले त्यहाँ अशान्ति मच्चाएका थिए। आतंककारीहरूविरुद्ध कडा सैनिक कारबाही गरियो। उनले विद्रोह दमन गरी शान्ति कायम गरे।

रणबहादुर शाह र सैन्य विस्तार

राजा रणबहादुर शाहको जन्म १८३२ मा भयो। नेपाल एकीकरणको सिमाना अलकनन्दा नदीसम्म पुग्यो। चेपे नदीदेखि पश्चिमतिर ठूलो विस्तार भयो। पहिलो र दोस्रो नेपाल–तिब्बत युद्ध भयो। नेपाल र चीनबीच पनि युद्ध भएको थियो। उनको पालामा धेरै सैन्य कम्पनी बने। उनका पालामा कालीदल, तारादल, बटुकदल आदि थुप्रै कम्पनी खुले।

गीर्वाणयुद्ध विक्रम शाह र सैन्य विस्तार 

गीर्वाणयुद्ध विक्रम शाह १८५४ जन्मिए। परम सेनाधिपति उनले अलकनन्दादेखि काँगडासम्म सीमा विस्तार गरे। पाल्पाको एकीकरण पनि उनकै पालामा भयो। नेपाल र अंग्रेजबीच ठूलो युद्ध भयो। उनको समयमा धेरै कम्पनीहरू खडा भए। उनका पालामा शेर, कालीप्रसाद, भैरवनाथ, सार्दुलजंग, शिवदल, समरजंग, वीरदल र कालिजंग कम्पनीहरू बने।

राजेन्द्रविक्रम शाह र सैन्य सुदृढीकरण 

राजेन्द्रविक्रम शाह १८७० मा जन्मिए। परमसेनाधिपति उनको राज्यकालमा नयाँ गणहरू स्थापना भए। शमशेर दल र राजदल गण बने। महेन्द्र दल र गणेश दल पनि स्थापना भए। सेनामा विभिन्न गुल्महरू पनि थपिए। नारायण दल र हनुमान दल गुल्म बने। सर्वध्वज र रणप्रिया दल गुल्म बने। यी संगठनले सैन्य शक्ति बलियो बनाए।

सुरेन्द्रविक्रम शाह र सैन्य सहयोग

सुरेन्द्रविक्रम शाह १८८६ सालमा जन्मिए। परम सेनाधिपति उनको पालामा नेपाल–भोट युद्ध भयो। यो दुई देशबीचको अन्तिम युद्ध थियो। १९१४ सालमा सिपाही विद्रोह भयो। अंग्रेजलाई सघाउन विशाल फौज पठाइयो। भारतको विद्रोह दबाउन नेपाली सेना गयो। उनको समयमा धेरै गण बने, फस्ट राइफल, गोरखनाथ गण, कालिबहादुर, जगदल गण, जगन्नाथ, गरुडदल, गोरख दल, भवानी दल, रणदल, हनुमानध्वज, अचलध्वज, जयदल, भैरव गुल्म आदि।

युवराज त्रैलोक्य विक्रम शाह 

युवराज त्रैलोक्यविक्रम शाहको जन्म १९०४ सालमा भयो। उनी सेनाको आधुनिकीकरणमा चिन्तित थिए। त्रैलोक्य राजा नहुँदै स्वर्गे भए। उनी ३० वर्षको उमेरमा बिते। उनलाई राजाहरूको क्रममा राखिन्छ। त्यसैले यहाँ उनको चर्चा गरिएको हो। उनी एक साहसी सैन्य प्रेमी थिए।

पृथ्वीवीरविक्रम शाह र सैन्य संरचना 

पृथ्वीवीरविक्रम शाहको जन्म १९३२ सालमा भयो। परम सेनाधिपति उनको राज्यकालमा नयाँ गणहरू स्थापना भए। दोस्रो राइफल र दोस्रो जंगी गण बने। सेनामा नयाँ कम्पनीहरू पनि थपिए। कोदारी र रसुवाचौकी कम्पनीहरू बने। यी कम्पनीहरू सीमा सुरक्षामा केन्द्रित थिए।

त्रिभुवनवीरविक्रम शाह र विश्वयुद्ध

त्रिभुवन वीरविक्रम शाहको जन्म १९६३ सालमा भयो। परम सेनाधिपति उनले बेलायतलाई युद्धमा सहयोग गरे। प्रथम विश्वयुद्धमा नेपाली फौज पठाइयो। बजिरी स्थान र अफगान युद्ध भयो। द्वितीय विश्वयुद्धमा पनि सेना सहभागी भयो। हैदरावादको समस्यामा सेनाले सहयोग गर्यो। सन् १९४८ मा ठूलो फौज पठाइयो। उनको पालामा पनि धेरै गण बने। पशुपतिप्रसाद र गोरखबहादुर गण बने। पाश्र्ववर्ती र यान्त्रिक परिवहन गण बने। सेनामा नयाँ गुल्महरू पनि बने। सैनिक खाद्य शाखा पनि स्थापना गरियो।

महेन्द्रवीरविक्रम शाह र शाही सेना 

महेन्द्रवीरविक्रम शाहको जन्म १९७७ सालमा भयो। सैनिक संगठनमा गुणात्मक सुधारहरू गरिए। सेना विश्व शान्ति कार्यमा सहभागी भयो। यो कार्यको थालनी महेन्द्रको पालामा भयो। सेनालाई ‘शाही सेना’ नाम राखियो। परमसेनाधिपति उनले होम गार्डका गणहरू स्थापना गरे। उनले थप गुल्महरू स्थापना गरे। नेपाली सेनाको संरचना निकै बलियो भयो।

वीरेन्द्रवीरविक्रम शाह र सैन्य आधुनिकीकरण

वीरेन्द्र वीरविक्रम शाहको जन्म २००२ सालमा भयो। परमसेनाधिपति उनले सेनाको संगठनात्मक विकासमा जोड दिए। सेनाको गुणात्मक सुधारमा उनको ठूलो योगदान छ। विश्व शान्ति कार्यमा सेनाको सहभागिता बढ्यो। देश विकासमा नेपाली सेना परिचालन गरियो। वन्यजन्तु र प्रकृति संरक्षणमा सेना खटियो। उनको पालामा कमान्ड तथा स्टाफ कलेज बन्यो। हवाई सुरक्षा गण र नयाँ गुल्महरू बने। नयाँ भैरवीदल र केन्द्रीय सैनिक प्रहरी बने। स्काउटकार र भैरवनाथका नयाँ गुल्महरू थपिए। जंगी अड्डामा विभिन्न नयाँ विभाग बने। थप बाहिनी स्थापना गरी संगठन विस्तार गरियो। उनी आफैं पनि एक दक्ष प्यारा टुपर्स थिए। उनको अवधिमा सेनालाई ‘शाही नेपाली सेना’ भनियो। यो नामले सेनाको नयाँ पहिचान स्थापित  गर्‍यो ।

दीपेन्द्रवीरविक्रम शाह र सैनिक योग्यता 

दीपेन्द्र वीर विक्रम शाहको जन्म २०२८ सालमा भयो। उनी चार दिन मात्र राजा बनेका थिए। त्यसैले नयाँ सैनिक अंगहरू स्थापना भएनन्। युवराज हुँदा उनले धेरै योगदान दिए। परम सेनाधिपति उनले सेनाको पेसागत विकासमा जोड दिए। उनले अधिकृत आधार र प्यारा तालिम लिए। उनी एक अत्यन्त कुशल सैनिक थिए। उनी स्नातक र स्नातकोत्तरमा प्रथम भए।

ज्ञानेन्द्रवीरविक्रम शाह र आधुनिक संगठन 

राजा ज्ञानेन्द्र दुईपटक राजा भएका थिए। उनको जन्म २००४ सालमा भयो। उनले सेनाको संगठनात्मक विकासमा जोड दिए। उनले ज्ञानेन्द्र सैनिक संग्रहालय स्थापना गरे। उनले धेरै नयाँ निर्देशनालय खडा गरे। सैनिक शिक्षा र सिग्नल निर्देशनालय बने। अर्टीलरी र हवाई सुरक्षा निर्देशनालय बने। इन्जिनियर र विद्युत् सेवा निर्देशनालय बने। सैनिक जनसम्पर्क र बन्दोबस्ती अड्डा बने। सैनिक डाकसेवा र मानवअधिकार शाखा बने। विकास निर्माण र विभिन्न पृतना बने। पूर्वी, उपत्यका र मध्य पृतनाहरू बने। पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम पृतना बने। सर्वज्ञदल, विनायक दल र महावीर गण बने। तीनवटा मेडिकल गण स्थापना गरिए। दुईवटा आर्टिलरी र हवाई सुरक्षा गण बने। जंगी अड्डामा विभिन्न नयाँ विभाग थपिए। तथ्यमा केही तलमाथि भए 
सुधार गरिनेछ।

सेनाको गौरवमय यात्रा र सम्मान 

पृथ्वीनारायणको पालामा नेपाली सेना भनिएको थिएन। त्रिभुवन र चन्द्र शमशेरको पालामा नाम बदलियो। गोर्खा सरकारको सट्टा नेपाल सरकार भनियो। गोर्खाली सेनाको सट्टा नेपाली सेना भनियो। राजालाई हीज मेजेस्टि भन्न सुरु गरियो। सेनालाई जनताको माया र आशीर्वाद चाहिन्छ। नेपाली सेनाले जनभावना बुझेर काम गर्नुपर्छ। सेना नेपाल बनाउने र बचाउने खम्बा हो। सेना सधैं आफ्नो पेशामा अब्बल हुनुपर्छ। सेनामा अनुशासन जुगौं जुगसम्म आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.