दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, हत्याको आशंका

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, हत्याको आशंका
तस्बिर : अन्नपूर्ण

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव दार्चुलाको बंगाबर क्षेत्रमा फेला परेको छ। मंगलबार बिहान एक बियरबार रहेको घरको पछाडिपट्टि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा घर्तीको हत्या भएको आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उक्त घटनाले दार्चुलामा त्रासको वातावरण सिर्जना भएको छ।  निर्वाचनको समय नजिकिँदै गर्दा नेताहरूको प्रचार–प्रसार तथा आवतजावतमा समेत सुरक्षा चुनौती देखिएको स्थानीयको भनाइ छ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। आक्रोशित मृतकका आफन्त तथा स्थानीयवासीले घटनास्थलमा नाराबाजी गरेका छन्। यस क्रममा ढुंगामुडा प्रहार समेत भएको छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.