क्यान्सरविरुद्ध साइकलको पाइडल  !

क्यान्सरविरुद्ध साइकलको पाइडल  !
फाइल तस्बिर

साइकल र्‍याली केवल एउटा यात्रा होइन— यो स्वस्थ जीवन, सचेत समाज र क्यान्सरविरुद्धको सामूहिक प्रतिरोधको प्रतीक बन्न सक्छ। जब साइकल राइडरहरू सडकमा निस्कन्छन्, तब उनीहरू आशा र जीवनको सन्देश बोकेर हिँडिरहेका हुन्छन्।

क्यान्सर आज विश्वकै मौन महामारी बनेको छ। एचआईभी/एड्स मलेरिया र क्षयजस्ता रोगभन्दा पनि बढी मानिस क्यान्सरबाट ज्यान गुमाइरहेका छन्। नेपाल पनि यसबाट अछुतो छैन। बर्सेनि क्यान्सरका नयाँ बिरामी बढ्दै छन्, तर समयमै परीक्षण र उपचारको पहुँच नपाउँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ। यो अवस्था केवल स्वास्थ्य क्षेत्रको समस्या होइन, हाम्रो सामाजिक चेतना र राज्यको प्राथमिकतामाथिको गम्भीर प्रश्न हो।

विश्वव्यापी तथ्यांकअनुसार हरेक वर्ष करिब दुई करोड नयाँ क्यान्सरका केस देखिन्छन् भने झन्डै एक करोड मानिसको मृत्यु क्यान्सरकै कारण भइरहेको छ। नेपालको २०२२ को अनुमानित तथ्यांक हेर्दा बर्सेनि क्यान्सरको नयाँ केस २२००८ ले छ भने क्यान्सरबाट मृत्यु १४७०४ को संख्यामा देखिन्छ। जोखिम पक्षलाई हेर्दा ३५ वर्षको उमेरभन्दा पहिले क्यान्सर हुने जोखिम ८.७ प्रतिशत छ भने ३५ देखि ७५ वर्षसम्ममा ८ देखि ९ प्रतिशत छ। ७५ वर्ष माथिका झन् जोखिममा हुन्छन् यद्यपि उमेर र अन्य रोगका कारणले पनि मृत्यु प्राप्त गर्ने सम्भावना बढी रहन्छ। ५ वर्षको प्रिभेलेन्ट केस हेर्दा ४४८०३ को संख्यामा मानिस क्यान्सरको उपचारबाट जीवन बाँचिरहेको तथ्यांकले देखाउँछ।

दशकको अवधिमा क्यान्सर रोगी १३ प्रतिशतले वृद्धि भएको पाइन्छ। सरकारी तथ्यांकअनुसार नेपालमा मात्र सन् २०२२ मा २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी देखा परे र १४ हजारभन्दा बढीले ज्यान गुमाए। जनसंख्याको आकार र स्वास्थ्य सेवा पहुँचलाई ध्यानमा राख्दा यो संख्या सानो होइन, चिन्ताजनक हो। नेपालमा धेरै देखिने क्यान्सरमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका छन्। समस्या के हो भने क्यान्सर नियन्त्रणका प्रयास अझै पनि उपचारमुखी छन्। उपचार आवश्यक छ तर उपचार मात्र पर्याप्त होइन। अन्तर्राष्ट्रिय अनुभवले स्पष्ट देखाइसकेको छौं। क्यान्सर नियन्त्रणको सबैभन्दा प्रभावकारी र किफायती उपाय भनेको रोकथाम र प्रारम्भिक पहिचान हो। दुर्भाग्यवश, नेपालमा जनचेतनाको अभाव, सामाजिक डर र भ्रम, आर्थिक कमजोरी तथा असमान स्वास्थ्य पहुँचका कारण रोकथाम पक्ष कमजोर छ।

ग्रामीण र विपन्न समुदायमा आज पनि ‘क्यान्सर भनेको मृत्यु’ भन्ने भय गहिरो छ। जुन आफैंमा भ्रम हो। समय मै उपचार भए गरे जीवन बाँच्न सकिन्छ छ। समयमै परीक्षण गराउने संस्कार विकास हुन तथा गर्न सकेको छैन। त्यसमाथि, धूम्रपान, मदिरा सेवन, अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीजस्ता जोखिम कारकहरू मौलाउँदै गएका छन्। यी सबैले क्यान्सरलाई मलजल गरिरहेकै छन्। क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिन आवश्यक छ। जनचेतनाको कमी, स्वास्थ्य सेवामा असमान पहुँच, आर्थिक अभाव, तथा सामाजिक डर र भ्रमहरू नै क्यान्सर रोकथामका चुनौतीहरू हुन्। हालसम्म क्यान्सर नियन्त्रणका प्रयास प्रायः उपचार केन्द्रित नै हुने गरेका छन्। तर, अन्तर्राष्ट्रिय अनुभवले स्पष्ट देखाएको छ कि क्यान्सर नियन्त्रणमा रोकथाम र प्रारम्भिक पहिचान नै सबैभन्दा प्रभावकारी र किफायती उपाय हुन्।

चेतनामूलक कार्यक्रमहरू नभएका होइनन् तर प्रभावकारी छैनन्। धेरैजसो कार्यक्रम औपचारिक सभा, सेमिनार वा एकदिने अभियानमै सीमित छन्। कहीँ कतै कार्यक्रम भइहाले पनि एकदिने र छरपस्ट कार्यक्रमहरूले प्रभावकारी नतिजा दिन सकेको छैन। युवापुस्ता र सर्वसाधारणको सक्रिय सहभागिता न्यून देखिन्छ। परिणामस्वरूप, क्यान्सर नियन्त्रणमा अपेक्षित परिवर्तन भएको देखिँदैन। स्वस्थ जीवनशैली स्वयं क्यान्सर रोकथामको महŒवपूर्ण आधार हो। स्वस्थ रहन मानिसका आचार विचार खानपानसँगै विहार अर्थात् व्यायामलगायत जीवनशैलीले निश्चित गर्दछ। क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि समुदायमा पुग्ने गरी सहभागीमुखी र जीवनशैलीसँग जोडिएका विभिन्न अभियानहरू सञ्चालन गर्नु जरुरी ६ भन्दा अत्युक्ति नहोला।

यही सन्दर्भमा, समुदायमा आधारित र जीवनशैलीसँग जोडिएका सृजनात्मक अभियानको खाँचो छ। त्यसका लागि साइकल एउटा सशक्त माध्यम हुन सक्छ। पछिल्ला वर्षहरूमा साइकल युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। स्वास्थ्य, पर्यावरण र सकारात्मक जीवनशैलीको प्रतीकका रूपमा। साइकल केवल यातायातको साधन होइन। यो सक्रिय जीवनशैलीको अभ्यास पनि हो, जसले क्यान्सरसहित धेरै नसर्ने रोगको जोखिम घटाउँछ। अझ महत्वपूर्ण कुरा, साइकल र्‍याली र साइकल राइडरहरू समुदायमा सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्छन्। 

स्थानीय तहमा बजेट भए पनि यस्तो अभियानका लागि स्पष्ट मार्गनिर्देशन नभएकाले साइकल र्‍यालीजस्ता प्रभावकारी प्रयासहरू व्यक्तिगत वा संस्थागत पहलमै मात्र सीमित भइरहेका छन्। विकराल तथा अत्यासलाग्दो गरी बढिरहेको क्यान्सरलाई रोकथाम तथा नियन्त्तण गर्न कुनै एउटा अमूक निकाय, संस्था वा व्यक्तिले मात्र सक्ने होइन, सरोकारी पक्षहरू सबैको उत्तिकै प्रभावकारी सहकार्य हुन जरुरी छ। आज देशभरि साइकल क्लब, समूह र संघ–संस्थाहरू सक्रिय छन्। सामाजिक सञ्जालमैत्री, अनुशासित र युवामाझ प्रभाव राख्ने यी समूहलाई ‘स्वास्थ्य दूत’का रूपमा परिचालन गर्न सकिन्छ। स्थानीयस्तरबाटै पनि साइकल राइडरहरूलाई छोटो तालिममार्फत क्यान्सर, स्वास्थ्य बीमा र सरकारी राहतसम्बन्धी जानकारी दिएर उनीहरूलाई समुदायस्तरमा जनचेतना फैलाउने जिम्मेवारी दिन सकिन्छ।

साइकल र्‍याली केवल एउटा यात्रा होइन— यो स्वस्थ जीवन, सचेत समाज र क्यान्सरविरुद्धको सामूहिक प्रतिरोधको प्रतीक बन्न सक्छ। जब साइकल राइडरहरू सडकमा निस्कन्छन्, उनीहरू केवल पेडल घुमाइरहेका हुँदैनन्, उनीहरू आशा र जीवनको सन्देश बोकेर हिँडिरहेका हुन्छन्। क्यान्सर जस्तो गम्भीर समस्याको समाधान कुनै एक संस्था वा व्यक्तिले मात्र गर्न सक्दैन। स्थानीय, प्रदेश र संघीय सरकार, स्वास्थ्य क्षेत्र, नागरिक समाज र युवापुस्ताको समन्वय अपरिहार्य छ। स्थानीय स्वास्थ्य कार्ययोजनामा ‘साइकलमार्फत क्यान्सर जनचेतना कार्यक्रम’ समावेश गर्नु आजको आवश्यकता हो। यदि योजनाबद्ध, समावेशी र निरन्तर रूपमा यस्ता अभियान सञ्चालन गरिए भने नेपालमा क्यान्सरप्रति डर होइन— क्यान्सरमाथि विजयको संस्कृति विकास हुन सक्छ। अस्पतालमा उपचारसँगै समाजमा चेतना फैलिनु नै क्यान्सरविरुद्धको सबैभन्दा बलियो हतियार हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.