भालुको पित्तसहित भारतको पिथौरागढमा डोल्पाका सूर्यबहादुर पक्राउ
दार्चुला : भारतको उत्तराखण्डबाट भालुको पित्त सहित एकजना नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड राज्यलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको “ड्रग फ्री देवभूमि अभियान अन्तर्गत चेकजाँचको क्रममा पिथौरागढ प्रहरीले ठूलो मात्रामा तस्करीको सामानसहित डोल्पाका सुर्यबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
धारचुला कोतवाली प्रहरी,एसओजी र वन विभागको संयुक्त टोलीले धारचुलातर्फ जाँदै गरेको डोल्पा जिल्ला घर भएका बुढाथोकीलाई चेकजाँच गर्दा २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।
बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य झण्डै ४ लाख ६० हजार भारतीय रुपैयाँ अनुमान गरिएको छ भने १ सय ७५ ग्राम भालुको पित्तको मूल्य झण्डै १ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
पक्राउ परेका बुढाथोकीमाथि एनडीपीएस ऐन ८ र २० अन्तर्गत लागू औषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४० ४९,५०र५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारवाही हुने भारतीय एसएस बिले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !