मालिका जोड्ने सडकको ट्याक निर्माण

मालिका जोड्ने सडकको ट्याक निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी देखि धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडकको ‘ट्याक’ निर्माण भएको छ। रघुगङ्गा गाउँपालिका र ठाडाखानीका बासिन्दाको करिब ६० लाख रुपैयाँको लगानीमा ठाडाखानीदेखि मालिका धुरी नजिकैको देउरालीसम्म पाँच किलोमिटर सडक निर्माण भएको हो। 

ठाडाखानीका बासिन्दा समेत रहेका रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले पाँच वर्षको प्रयासमा सडकको ट्याक खोलिएको जानकारी दिए। ‘रघुगङ्गा गाउँपालिकाले यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा आठ लाख रुपैयाँ सहित पछिल्लो पाँच वर्षयता ४२ लाख रुपैयाँ खर्च गरेको छ,’ उनले भने ‘स्वदेश तथा विदेशमा रहेका ठाडाखानी बासिहरुले थप १८ लाख बढी चन्दा उठाएर देउरालीसम्म सडक पुर्‍याइएको हो।’

सडकमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुन थालेपछि स्थानीयबासीका साथै मालिका जाने आउने भक्तजन र पर्यटकलाई सहज भएको छ। यसअघि ठाडाखानी देखि मालिका धुरी जानका लागि तीन घण्टा उकालो, जंङ्गल र खोल्सामा यात्रा गर्नुपर्थ्यो। सडकमा गाडी गुड्न थालेपछि ठाडाखानीदेखि गाडी चढेर ३० मिनेटमा देउराली र देउराली देखि ३० मिनेट हिँडेर मालिका धुरीमा पुग्न सकिने भएको ठाडाखानीका बासिन्दा मन छन्त्यालले बताए। 

सडकको अन्तिम बिन्दु देउरालीमा ठाडाखानीबासीहरुको सहयोगमा आश्रयस्थल निर्माण भएको छ। सडकको सोमबार रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गरे। देउरालीमा करिब ५० वटा गाडी राख्न सकिने पार्किङ स्थल पनि निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ, रघुगङ्गा–८ कुइने घर भई हाल बुटवल बस्ने खिममाया र भरत छन्त्यालको व्यक्तिगत आठ लाख रुपैयाँको लगानीमा देउरालीमा खानेपानीको सुविधा पुर्‍याइएको छ। 

समुन्द्रि सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ। यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमालहरुका साथै सूर्योदय, सूर्यास्त, पहाडी भुगोल र वनजङगलको अवलोकन गन सकिन्छ। 

चण्डी, जेष्ठी र कात्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। १९१० सालदेखि पूजाआजा हुन थालेको इतिहास रहेको मालीकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन्। बिम हुँदै पनि मालिका धुरी जाने सडक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.