कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो कुटनीतिक पहल

कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो कुटनीतिक पहल

काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालययले कुटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री आर्जु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्।

'परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।', सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।

 नेपाली विद्यार्थी आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको मन्त्रीले जनाएकी छन्।

मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त पनि व्यक्त गरेकी छन्।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.