भारतको कीट विश्वविद्यालयमा फेरि अर्को नेपाली छात्रा मृत भेटिइन्

मृतक वीरगन्जकी प्रिशा साह

भारतको कीट विश्वविद्यालयमा फेरि अर्को नेपाली छात्रा मृत भेटिइन्
फाइल तस्बिर।
सुन्नुहोस्

वीरगन्ज : भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा बिहीवार साँझ फेरि अर्को नेपाली छात्रा मृत भेटिएकी छन् ।

कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै `क्यु सि ४´ छात्रवासको कोठामा बिहीवार साँझ  झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो।

मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन्। प्रिशा एक वर्षअघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालय गएकी भाइ गौरबले बताए।

विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतको दिल्लीस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ। कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेजमा आएपछि मात्रै शवको पोष्टमार्टम गरिने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ।

यसअघि गत फागुनमा पनि नेपालको बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरुले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए । त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरू वीरगन्ज नाका हुँदै घर फर्किएका थिए । 

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेत उक्त घटनाको  उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.