काठमाडौं महानगरले अनधिकृत संरचना हटाउन पाउँदैन : हितबहादुर तामाङ

काठमाडौं महानगरले अनधिकृत संरचना हटाउन पाउँदैन : हितबहादुर तामाङ

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद् हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका अनधिकृत संरचना हटाउन दिएको निर्देशनप्रति आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले अनधिकृत भनिएपनि दशकौं देखिको सुकुम्‍बासीको समस्या भएकाले यसलाई हल्कारुपमा लिन नहुने बताए।
 
तामाङले भने,‘नदी किनारमा अनाधिकृत बनेका भनिएका संरचना हटाउन महानगरले निर्देशन दिएको छ । अनधिकृत भनिएपनि दशकौं देखिको सुकुम्बासीको समस्या हो । यो विषयलाई हल्का तरिकाले नलिइयोस ।’ तामाङले सुकुम्बासीको व्यवस्थापन संघ,प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको विषय रहेको उनको भनाइ  छ।

महानगरले सूचना प्रकाशन गर्दै नदी बहाव,नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनाधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको थियो ।

महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.