इरानसँग ‘मित्रवत कुराकानी’ भइरहेको ट्रम्पको दाबी

इरानसँग ‘मित्रवत कुराकानी’ भइरहेको ट्रम्पको दाबी
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् ।  अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि  एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् । 

एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, उनले चेतावनी दिँदै यदि यो वार्ता असफल भएमा अमेरिकाले पुनः युद्धविरामअघिकै जस्तो कारबाही सुरु गर्ने बताएका छन्।

अर्कोतर्फ, इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष कुराकानी भइरहेको कुरालाई स्वीकार गरेको छैन् । ट्रम्पका अनुसार मध्यस्थता गरिरहेका देशहरूले वार्ताका लागि अर्को एउटा मौका दिन अनुरोध गरेपछि उनले शुक्रबार इरानमाथि हुने भनिएको अमेरिकी आक्रमण रोकेका थिए। इरानले पनि आफ्ना आक्रमणहरू हाललाई स्थगित गरेको छ।

लगभग दुई सातासम्म दैनिक रूपमा भएका अमेरिकी आक्रमण र त्यसको जवाफमा इरानले गरेका जवाफी कारबाहीपछि यो विराम आएको हो। ती आक्रमणहरूले जुन महिनामा भएको युद्धविरामलाई लगभग पूर्ण रूपमा प्रभावहीन बनाइदिएका थिए।

त्यसबेला अमेरिकी सेनाले होर्मुज स्ट्रेट भई गुज्रिने व्यापारिक जहाजहरूका लागि खतरा पैदा गर्ने इरानको क्षमतालाई कमजोर बनाउनु आफ्ना आक्रमणहरूको मुख्य उद्देश्य रहेको बताएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.