धर्मेन्द्र प्रधानको राजीनामाबारे अभिजीत दीपकेले के भने ?

सीजेपीले कहिले छोड्ला जन्तर–मन्तर ?

धर्मेन्द्र प्रधानको राजीनामाबारे अभिजीत दीपकेले के भने ?
सुन्नुहोस्

भारत : कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा एक महिनाभन्दा बढी समयदेखि गरेको प्रदर्शनपछि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकार गरेपछि मात्र यो आधिकारिक रूपमा स्वीकृत भएको मानिनेछ ।

जन्तर–मन्तरमा आयोजित कार्यक्रममा सीजेपीका संस्थापक अभिजीत दीपकेले भने, ‘हामीले गरेर देखायौं । धर्मेन्द्र प्रधानले राजीनामा दिनु भएको छ।’ उनले भने, ‘धर्मेन्द्र प्रधानको राजीनामा यस कुराको प्रमाण हो कि यदि जनता डराउँदैनन् र सरकारसामु झुक्दैनन् भने ठूला–ठूला व्यक्तिबाट पनि राजीनामा लिन सकिन्छ ।’

अभिजीत दीपकेले के भने ?

जन्तर–मन्तरको मञ्चबाट बोल्दै सीजेपी संस्थापक अभिजीत दीपकेले भने, ‘डराउनु हुँदैन, किनकि यो लोकतन्त्र हो । लोकतन्त्रमा बोल्न डर लाग्न थाल्यो भने कस्तो लोकतन्त्र भयो ? यदि हामीले आवाज उठायौं भने उनीहरू आफ्नो सीमामा बस्ने छन् । आफूलाई बादशाह ठान्नेहरू पनि हाम्रो कारणले त्यहाँ पुगेका हुन् ।’

धर्मेन्द्र प्रधानको राजीनामा सीजेपीको पहिलो माग पूरा भएको भए पनि संस्थापक अभिजीत दीपकेले अझै दुई वटा माग बाँकी रहेको बताएका छन् । ती माग पूरा नभएसम्म जन्तर–मन्तर नछोड्ने उनले बताएका छन् । उनले भने, ‘राजीनामा भइसकेको छ, तर हाम्रा दुई माग अझै बाँकी छन् । हामी कक्रोच हौं, यत्तिकै जानेवाला छैनौं । एक पटक कक्रोच पस्यो भने सजिलै निस्कँदैन । धर्मेन्द्र प्रधानको राजीनामा भइसकेको छ, तर नीट पेपर लीकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ ।’

तेस्रो मागबारे उनले भने, ‘२० जुलाईमा जसले प्रहरी दमन गरे, उनीहरूमाथि कारबाही हुनुपर्छ । डीसीपी सन्दीप लाम्बा, एसीपी अजय शर्मा, सचिन शर्मा लगायतले अमित शाह र मोदीको नाममा लाठी चलाएका छन् । अहिले एउटा राजीनामा भएको छ, याद राख्नुहोस्क-क्रोरोचसँग निहुँ नखोज्नुहोस्। २० जुलाईपछि विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता लिनुपर्छ ।  यही नै लोकतन्त्र हो ।’

सीजेपीका प्रवक्ता आशुतोष रांकाले भने, ‘यो देशका आम नागरिकको जित हो । जसले यो देशमा लोकतन्त्र समाप्त गरिसकेका थिए र प्रश्न सोध्नुलाई अपराध बनाएका थिए, हामीले उनीहरूबाट आफ्नो देश फिर्ता लिएका छौं । यो त सुरुवात मात्र हो । हामी देशको सम्पूर्ण शिक्षा प्रणाली परिवर्तन गर्नेछौं।’

उनले थपे, ‘हाम्रा तीन वटै माग लिखित रूपमा स्वीकार गरिए हामी घर फर्कनेछौं । हामीले देशभर शान्तिपूर्ण क्यान्डल मार्च निकाल्ने घोषणा गरेका छौं। साँझ ६ बजे देशभर सबैले क्यान्डल मार्च निकाल्ने छन् ।’ सीजेपीले देशभरका प्रत्येक जिल्लामा आइतबार साँझ ६ बजे क्यान्डल मार्च निकाल्ने घोषणा गरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.