कार्यक्रमस्थलको भिडमा कार जोतिँदा एकको मृत्यु, १६ जना घाइते

कार्यक्रमस्थलको भिडमा कार जोतिँदा एकको मृत्यु, १६ जना घाइते
सुन्नुहोस्

जर्मनी : जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘एलजीबीटीक्यु’ प्राइड परेडका क्रममा एउटा कार भिडमा जोतिँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जर्मन प्रहरीले यस घटनाको पुष्टि गरेको छ । शनिबार राति स्थानीय समयअनुसार करिब १० बजे भएको घटनापछि प्रहरीले कार्यक्रम तत्काल स्थगित गरेको थियो ।

कार्यक्रम सुरु भएको केही घण्टामै यो घटना भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार, सेतो रंगको एउटा कार बर्लिनको केन्द्रस्थित टियरगार्टेन पार्कमा, प्राइड मार्चको मार्ग नजिकै, धेरै मानिसमाथि जोतिएको थियो । त्यसपछि कार एउटा रूखमा ठोक्किएर रोकिएको प्रहरी प्रवक्ता फ्लोरियन नाथले बताएका छन् ।

प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, कम्तीमा १६ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर तथा जीवन जोखिमपूर्ण रहेको छ । प्रहरीले कार्यक्रममा सहभागी सबैलाई तत्काल स्थल खाली गर्न आग्रह गरेको छ । घटनास्थलमा एउटा कार बेवारिसे अवस्थामा फेला परेको र घटनामा संलग्न व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

टियरगार्टेन पार्कको आसपास, विशेष गरी पोट्सडामर प्लाट्जदेखि टियरगार्टेन सुरुङको दक्षिणी भागसम्म प्रहरी अधिकारीहरूले प्रमाण संकलनका लागि व्यापक खोजी अभियान चलाएका थिए । यसैबीच, आपतकालीन सेवाका टोलीहरूले घाइतेहरूको उपचार गरेका थिए । आइतबार बिहान प्रहरीले एक जना शंकास्पद व्यक्तिको पहिचान भएको तर अझै पक्राउ नगरिएको जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति पहिलेदेखि नै प्रहरीको निगरानीमा रहेका थिए र उनको बर्लिनका इस्लामिक समूहहरूसँग सम्बन्ध रहेको आशंका गरिएको छ । प्रहरी प्रवक्ता नाथले भने, ‘हामी ती व्यक्तिको खोजी तीव्र गतिमा गरिरहेका छौं ।’ तर उनले शंकास्पद व्यक्तिको नाम सार्वजनिक गरेका छैनन् । उनले थपे, ‘हालसम्म घटनाको वास्तविक उद्देश्य, घटनाक्रम कसरी भयो, वा ती व्यक्तिको प्रत्यक्ष संलग्नताबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन ।’ 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.