मुखको क्यान्सर भएको छ कि ? पहिलोचोटी आफैं जाँचौं

मुखको क्यान्सर भएको छ कि ? पहिलोचोटी आफैं जाँचौं
सुन्नुहोस्

नेपालमा मुखको क्यान्सर बढ्दो छ। अस्पतालमा  आधारित तथ्यांक (हस्पिटल बेस्ड डाटा) अनुसार, हरेक वर्ष मुखको क्यान्सरका झन्डै १० प्रतिशत बिरामी बढ्दै गएका छन्।  विशेषगरी सुर्ती, चुरोट, गुट्खा, खैनी, मदिरा सेवन गर्नेहरूमा मुखको क्यान्सर हुने जोखिम उच्च हुन्छ। तर,मुखको क्यान्सरको प्रारम्भिक लक्षणहरू धेरैजसो आफ्नै आँखाले देख्न सकिन्छ।

दिनहुँ ५ मिनेट ऐना अगाडि बिताउँदै ध्यान दिएर हेर्ने हो भने  मुखको क्यान्सर सुरुवातै पहिचान गर्न सजिलो हुन्छ। यदि मुखभित्र कुनै असामान्य परिवर्तन तीन साताभन्दा बढी समयसम्म रहिरहेको छ भने बेवास्ता गर्ने गल्ती नगर्नुहोस्।  सम्बन्धित विज्ञ चिकित्सकसँग तुरुन्त जाँच गराउनुहोस्।

याद राख्नुहोस्, मुखको क्यान्सर सुरुमै पत्ता लागे उपचार सफल हुने सम्भावना  हुन्छ। ५ मिनेटको स्वपरीक्षणले जीवन बचाउन सकिन्छ। मुखको स्वपरीक्षण गर्दा  तलका मध्ये कुनै परिवर्तन छ कि ? विशेष ध्यान दिनुहोस्।

  •     सेतो, रातो वा कालो दाग देखिनु
  •     तीन साताभन्दा बढी निको नहुने घाउ
  •     मुखभित्र गिर्खा वा मासु पलाएको
  •     मुखको कुनै भाग बाक्लो भएको
  •     जिब्रोको कुनै भाग फरक देखिनु
  •     चपाउन वा निल्न गाह्रो हुनु
  •     मुख नखुल्ने समस्या हुनु
  •     घाँटीमा गिर्खा देखिनु

मुखको स्वपरीक्षण गर्ने ८ सजिला उपाय
१.ओठ

  •     ऐना अगाडि उभिएर माथिल्लो र तल्लो दुवै ओठ हेर्नुहोस् दुवै ओठ समान–(उस्तै)देखिएका छन् ? विचार गर्नुहोस
  •     कुनै घाउ, पाप्रा, फाटेको भाग वा रङ परिवर्तन भएको छ ?   
  •     सेतो, रातो वा कालो दाग त छैन ?   

२.गालाको भित्री भाग 

  •     दुवै गाला हल्का तानेर भित्री भाग हेर्नुहोस्। 
  •     कुनै गिर्खा छ ?
  •     निको नहुने घाउ छ ?   
  •     रङ परिवर्तन भएको छ ?   
  •     हातले छुँदा असामान्य बाक्लोपन महसुस हुन्छ ?   

३. गिजा

  •     दाँत वरिपरिको गिजा राम्रोसँग हेर्नुहोस् गिजाबाट रगत आउँछ ?   
  •     सुन्निएको छ ?   
  •     कुनै असामान्य मासु पलाएको छ ?   
  •     दाँत अचानक खुकुलो भएको छ ?   
  •     स्वस्थ गिजा सामान्यतया गुलाबी देखिन्छ।

४. मुखको तालु 
टाउको अलि पछाडि फर्काएर मुखको माथिल्लो भाग (तालु) निरीक्षण गर्नुहोस्।

  •     घाउ छ ?   
  •     गिर्खा छ ?   
  •     सेतो, रातो वा कालो दाग देखिएको छ ? 

५. घाँटीको भित्री भाग 

  •     मुख ठूलो खोलेर आँ...गर्दै घाँटीको पछाडिको भाग हेर्नुहोस्।
  •     अत्यधिक रातोपन छ ?   
  •     कुनै गिर्खा छ ?   
  •     असामान्य मासु पलाएको छ ?   

६. जिब्रो  (माथि र तल्लो) भाग

  •     जिब्रो बाहिर निकाल्नुहोस् 
  •     त्यसपछि माथिल्लो भाग हेर्नुहोस्  दायाँ–बायाँ पल्टाएर किनाराहरू हेर्नुहोस्।
  •     तल्लो भाग पनि अवलोकन गर्नुहोस् 
  •     घाउ, गिर्खा, बाक्लोपन, रङ परिवर्तन भएको त छैन। 

७. घाँटीको बाहिरी भाग छाम्नुहोस्

  •     दुवै हातले घाँटी हल्का ढंगले छाम्नुहोस्
  •     दायाँ र बायाँ तुलना गर्नुहोस्
  •     कुनै गिर्खा वा सुन्निएको महसु भएको छ ?   
  •     दुखाइ हुन्छ ? 
  •     घाँटीमा लामो समयसम्म रहने गिर्खा पनि मुख वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ।

कसलाई बढी जोखिम हुन्छ ?   
मुखको क्यान्सर जो–कोहीलाई हुन सक्छ। तर, यी बानी वा अवस्थाले जोखिम धेरै बढाउँछन्,

  •     चुरोट, बिडी वा सुर्ती सेवनकर्ता
  •     गुट्खा, खैनी, पानमसला सेवनकर्ता
  •     धूमपान, अत्यधिक मदिरा सेवनकर्ता
  •     मुखको सरसफाइमा ध्यान नदिने व्यक्ति।

किन आवश्यक छ,स्वपरीक्षण ?   

मुखको क्यान्सर सुरुमा सामान्य घाउ, सेतो वा रातो दाग, सानो गिर्खा वा जिब्रोको परिवर्तनजस्तो देखिन सक्छ। धेरैले यी लक्षणलाई सामान्य सम्झेर कतिपयले बेवास्ता गर्छन्। तर, ३ साताभन्दा बढी समयसम्म निको नहुने परिवर्तन भने चेतावनीको संकेत हुन सक्छ। त्यसैले नियमित रूपमा आफ्नो मुख जाँच गर्ने बानीले समयमै उपचार गराउन सहयोग पुग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.