नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा
सुन्नुहोस्

धादिङ : निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ।

सुरुङमार्ग भने २४सैं घण्टा सञ्चालनमा रहने जनाइएको छ। आगामी दिनमा अन्य योग्य सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइने तयारी गरिएको छ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिएको छ। शुल्क भुक्तानीलाई सहज बनाउन आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित एन-ट्याग व्यवस्था गरिएको छ। हाल एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका एन-ट्याग उपलब्ध गराइनेछ।

नेपालका अनुसार सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे तथा नन-मोटोराइज्ड सवारीसाधनलाई प्रवेश दिइने छैन। साथै डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.