पन्छी रुघा अर्थात् बर्ड फ्लुको त्रास

पन्छी रुघा अर्थात् बर्ड फ्लुको त्रास

सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वन) को संक्रमण पुष्टि भएपछि सूचना लुकाएको आरोपमा छानबिन समिति बनाई चिडियाखानाका प्रमुखलाई पदबाट गत असार ६ गते हटाइयो।त्यसो त २०८२ को चैत ४ गते मोरङमा पुष्टि भएसँग देशका ११ जिल्लाका १ सय बढी स्थानमा संक्रमण फैलिई ठूलो संख्यामा पशुपन्छी र करोडौं धनको क्षति भएको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समेत संक्रमण पुष्टि भएका छन्।

नेपालमा पहिलोपटक कुखुरामा बर्ड फ्लु संक्रमण सन् २००९ देखिएपछि हरेक वर्ष जसो प्रकोप देखिँदै आएको छ।धेरै किसानले क्षतिपूर्ति नपाउँदा धेरैले पेसा छोडेका छन्।सन् २०१९ मा मानिसमा पनि देखा परेको थियो।काभ्रेका २१ वर्षीय कुखुरा ओसारपसार गर्ने ट्रकका चालकमा संक्रमणबाट मृत्युसमेत भएको थियो।

रोग र कारक

हाइली पेथोजेनिक एभियन इन्फ्लुएन्जा सन् १९४३ को महामारीबाट प्रदान गरिएको संक्रमण खास गरी कुखुरा, हाँस, पानीहाँस, परेवा, टर्की जस्ता घरपालुवा चराचुरुंगी तथा जंगली चराचुरुंगीमा (चील, गिद्ध) टाइप ‘ए’ एन्फ्लुएन्जा एच फाइभ एन वन, अर्थोमिक्सो भाइरस विषाणुद्वारा लाग्ने स्वास–प्रश्वासजन्य जुनोटिक सरुवा रोग हो।कहिलेकाहीँ सुँगुर, बुँगुर, घोडा, सिल, ह्वेल, गधा, खच्चर र मानिसमा पनि यो रोग लाग्ने गर्दछ।चराचुरुंगीमा यो रोग पहिलोपटक सन् १८७८ र मानिसमा सन् १९९७ हङकङमा  पहिचान भएको थियो।

सन् १९३३ मा स्मिथ वैज्ञानिकले पत्ता लगाएको भाइरस, प्राकृतिक रूपमा चराहरूमा सुषुप्त रूपमा रहेका हुन्छन्।चरामा अति घातक र कम घातक गरी १५ किसिमका इन्फ्लुइन्जा ए भाइरस विचरण गरिरहेका हुन्छन्।केहिले कुनै प्रकारको लक्षण देखाउन नसक्ने तथा धेरैले साधारण रोगको लक्षण देखाउन सक्छन्।तर, केही प्रजातिका भाइरसले चाँडै सर्ने र चाँडै मृत्यु हुनेसम्म गराउँछन्।भाइरसको कोषको सतहमा भएका १५ वटा हेमाग्लुटीनिन र ९ वटा न्युरामिनिडेज प्रोटिनहरूको आधारमा प्रजातिमा विभाजन गरिएका छन्।यो विषाणुले निरन्तर रूपमा आफ्नो जैविक संरचना परिवर्तन गरिरहन्छ।

बर्ड फ्लु रोगका विषाणु कुखुराको ¥याल तथा सुलीमा कम्तीमा १० दिनसम्म रहन्छ। ६० डिग्री सेन्टिग्रेडको तातोमा ३० मिनेटमा, कुनै डिसइन्फेक्सन जस्तै फरमालिन वा आयोडिनको प्रयोगले मर्दछ।तर, २२ डिग्री सेन्टिग्रेडमा वा पानीमा ४ दिनसम्म भने शून्य डिग्री सेन्टिग्रेडमा एक महिनासम्म बा“च्न सक्छ।कुखुराको १ ग्राम सुलीमा लाखौं कुखुरालाई संक्रमण गर्न पुग्ने विषाणु हुन्छन्।

सर्ने माध्यम

बिरामी कुखुरा वा चराले विषाणुलाई विष्टा, ¥याल म्युकसमार्फत शरीरबाट छाडेका वस्तुमा १० दिनसम्म हुन्छ।यस्ता वस्तुसँग संसर्ग हुँदा प्रदूषित भाँडा, आहारा, माटो, सुली वा मिसिएको खाना खाँदा, हावाको माध्यमबाट, फोहार जुत्ताका माध्यमबाट अन्य कुखुरामा सर्दछ।रोगी कुखुराको चर्केको फुल पनि रोगको स्रोत बन्न सक्छ।

कुखुरा ओसारपसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा प्रवासी पन्छीका आन्द्रामा प्राकृतिक रूपमै रहेका विषाणु जाडो छल्न सिमसार क्षेत्रमा आउँदा सर्दछ।कुखुराको १ ग्राम सुलीमा लाखौं कुखुरालाई संक्रमण गर्न पुग्ने विषाणु हुन्छन्। कुखुराबाट मानिसमा सर्ने सम्बन्धमा रोग लागेका फार्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकहरूलाई संक्रमित जिउँदो र मरेका कुखुरा तथा चराचुरुंगीको प्रत्यक्ष सम्पर्क (हातबाट), र्‍याल सुली तथा मासु अण्डा जस्ता अप्रत्यक्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ।यो रोग पन्छी–पन्छीबीच, पशु–पशुबीच छिट्टै सनै सक्ने भए पनि मानिसमा सर्न केही समय लाग्छ।

कुनै व्यक्ति चराचुरुंगीमा लाग्ने र मानिसमा लाग्ने इन्फ्लुएन्जाका भाइरसबाट सँगसँगै संक्रमित छ भने यी दुवै प्रजातिका भाइरसले एक आपसमा वंशानु आदानप्रदान गर्न सक्छन्। र, नयाँ ठिमाहा उपजाति उत्पन्न हुन सक्छ र महामारीको सुरुवात हुन्छ। सन् १९१८–१९ मा यस्तै भई ६ महिनामा विश्वभरि पैmलिई २ वर्षको अवधिमा ५ करोडको मृत्यु भएको अनुमान छ।स्पेनिस फ्लु, एसियन फ्लु, हङकङ फ्लुका नाममा महामारी फैलिई लाखौं मानिसको मृत्यु गराइसकेको छ यो भाइरसले।

लक्षण 

चराचुरुंगीमा यस रोगले मन्ददेखि गम्भीर लक्षणहरू पनि देखा पर्दछन्। कुखुरामा बर्ड फ्लु लाग्दा अकस्मात धेरै कुखुरा मर्दछन्।मानिसमा यो रोग संक्रमणको १८ देखि ७२ घण्टामा लक्षण देखिन्छ।सामान्य रुघाखोकीको रूपमा देखा पर्छ।प्रकोप १–२ दिनभित्रै हुन्छ।

र, यसका मुख्य लक्षणहरूमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, जिउ दुख्ने पातलो सिंगान तर रुघा खोकीमा भए जस्तै होइन चल्न मन नलाग्ने कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घाँटी दुख्ने, घाँटी बस्ने, जीउको मासु दुख्ने, कसैकसैलाई पातलो दिसा तारन्तार लाग्ने, वान्ता गर्ने,  आँखा पाक्ने (रातो हुने) हुन्छ। त्यस्तै, चाँडो चाँडो सास फेर्ने, सास फेर्न गाह्रो हुने नाकबाट पानी अविरल बगिरहने पनि हुन्छ।तर, रुघाखोकीमा जस्तैः सिंगान बग्दैन, रिंगटा लाग्ने, बेहोस हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर अन्तमा मृत्यु हुने गर्दछ ।

बर्ड फ्लु र रुघाखोकी दुवै श्वास–प्रश्वाससम्बन्धी लक्षणहरू देखाउने रोग र एकै किसिमका भाइरसद्वारा हुने रोग हुन्।यदि रुघाखोकी लागेको बेलामा माथि भनिएका सबै लक्षणहरू देखिएमा बर्ड फ्लु मान्न सकिन्छ तर नेपालमा यो रोग नभित्रिएको अवस्थामा विभिन्न खाले लक्षणले सामान्य रुघाखोकी नै संकेत गर्दछ।तर, चिकित्सकीय सल्लाह र जाँचहरूको आवश्यक पर्दछ।

नियन्त्रण 

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन जोखिम लिनुभन्दा आफ्नो घरपरिवार छरछिमेक र राष्ट्रलाई सधैं सुरक्षित राख्न सधैं नियमित समयमै नै सचेत हुनुपर्दछ।मानिस तथा कुखुरामा बर्ड फ्लुको विशेष उपचार छैन तर बिरामी कुखुरा तथा मानिसलाई सहयोगात्मक उपचार गरिन्छ। कुनै प्रभावकारी औषधि उपचार छैन तर राम्रो रेखदेख, खोर र फार्ममा निस्क्रमण आवश्यक पोषक तत्वयुक्त दाना ब्रोड एन्टीवायोटिकले केही हदसम्म कुखुरालाई बचाउन सक्ला तर बाँचेकामा पनि विषाणु बाँकी रहन्छन्।मानिसमा भने बिरामी मानिसलाई कम्तीमा एकसाता छुट्टै राखी लक्षणअनुसार सहयोगात्मक उपचार गर्नुपर्छ।

व्यक्तिगत सरसफाइ प्रशस्त मात्रामा आराम, झोलपदार्थ खाने, रक्सी चुरोट नपिउने, खोक्दा हाँस्दा हाँच्छिउँ गर्दा नाक मुख रुमालले छोप्ने तथा ओसेल्ट्रामिभिर र केपीफ्लु टेमिफ्लु जस्ता प्रयोग गरी मृत्युदर कम गर्न सकिन्छ। तर भाइरस मार्न सकिँदैन। अन्तमा, बर्ड फ्लु रोकथामका लागी शंकास्पद कुखुराको दानापानी सुली मासु तथा अण्डा छुँदा सुरक्षित पोसाक तथा उपकरणको प्रयोग गर्ने, छोएमा राम्ररी हात धुनुपर्छ। देशका सिमाना क्षेत्र र हवाइ अड्डामा रहेका क्वारेन्टाइन जाँच, रोगको सर्भिलेन्स र अनुगमनमा जोड दिनपर्छ।घरेलु चराचुरुंगीमा रोगविरुद्धको भ्याक्सिन दिने।

फार्म, बधशालाहरूमा सुरक्षाका मापदण्ड पालना, बालबालिकालाई कुखुरास“ग खेल्न नदिने, मासु तथा अण्डा राम्रोस“ग पकाएर मात्र खाने, जंगली पन्छीको सिकार र मासुको प्रयोग नगर्ने जस्ता रोकथामका कामहरू र खबरदारी आम नागरिकले गर्दा पनि रोकथाममा टेवा पुग्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.