मापदण्ड विपरित सञ्चालित तीन स्वास्थ्य संस्था ‘शिल’

मापदण्ड विपरित सञ्चालित तीन स्वास्थ्य संस्था ‘शिल’
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ । सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाँउपालिकास्थित पराजुली हेल्थ केयर प्रालि शिल गरिएको हो । 

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६६ र ६७ को खण्ड (ख) बमोजिम कानुनी कारबाहीका लागि खटिएको संयुक्त टोलीले उक्त अस्पताल तथा हेल्थ केयर प्रालि शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१, २२ र २७ तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६, ११ र १५ बमोजिम नियमानुसार अनुमति लिई सञ्चालन भएको नपाइएको तथा लामो अबधिदेखि नविकरण गरेको नपाइएको  हुनाले ती निजी स्वास्थ्य संस्था शिल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाई तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र  सम्बन्धित निकायको संयुक्त अनुगमन  टोलीले जिल्लाका निजी स्वास्थ्य संस्थामाथि गरेको अनुगमन र दुई पटकसम्म पत्राचार गरी दर्ता नवीकरण तथा कानुनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि अटेर गरेपछि शिल गरिएको हो । अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, दर्ता तथा नविकरण नगरी सञ्चालन गरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको, सम्बन्धित निकायको निर्देशन समेत पालना नगरेको पाइएको जनाइएको छ। 

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार अनुगमनलाई अझ तीव्र बनाएको जनाएको छ । कानुन विपरित सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनको भनाई छ । यसैबीच, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ ।

कार्यालयले सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुन तथा मापदण्डअनुसार दर्ता, नवीकरण र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ । जनस्वास्थ्य माथि खेलवाड गर्ने तथा प्रक्रियामा नआउने जुनसुकै स्वास्थ्य संस्थालाई कारबाही जनस्वास्थ्य कार्यालयले जनाएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.