जलवायुबारे संकल्प गर्न ‘ग्रीन रन’ प्रतियोगिता : गगन थापा

जलवायुबारे संकल्प गर्न ‘ग्रीन रन’ प्रतियोगिता : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नारा साथ विभिन्न कार्यक्रमको आयोजना गरेको छ । स्मृति दिवसका अवसरमा कांग्रेसले बुधबार ललितपुरमा ग्रीन रन, ग्रीन टेवल संवाद, जलवायु संकट झल्काउने चित्रकला लगायतका कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताएका छन् ।

जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले  फेरि संकल्प गरेको थापाको भनाइ थियो । उनले समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराएकाले त्यसप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको धारणा राखे । साथै सभापति थापाले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा समेत गरेका छन् ।  सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए  । 

कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए ।  यस्तै उनले ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेशबहादुर पाल प्रथम भएका छन् । उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको  छ । प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका अमृत ठकुरीलाई १० हजार र छैठौ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.