प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, १ करोड ७१ लाख बिगो माग
काठमाडौं : नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी कम्पनी र सेयरधनीसँग श्रीमतीको नाममा जग्गा खरिद गरी घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ। ललितपुरमा १३ आना जग्गा खरिद गर्दा १ करोड ७१ लाख रुपैयाँ ठेक्काबापत घुस लिएको आयोगको निष्कर्ष छ।
पौडेल र गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाललाई समेत भ्रष्टाचार निवारण ऐन २०५१ को दफा ३ बमोजिमको कसूर गरेको र उक्त भ्रष्टाचार सम्बद्ध कसूर सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ बमोजिमको कसूरसमेत गरेको आयोगको ठहर छ। उनीहरूविरुद्ध १ करोड ७१ लाख बिगो माग र सोही ऐनअन्तर्गको कसूरमा सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस !