बारामा पोखरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सिमराः बाराको प्रसौनी गाउँपालिकामा सोमबार साँझ खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा प्रसौनी गाउँपालिका-५ प्रस्टोकाका २८ वर्षीय तेजनारायण साहको मृत्यु भएको हो।
प्रसौनी गाउँपालिका-७ बन्जरीस्थित खेतमा जोतिरहेका बेला ट्याक्टर अनियन्त्रित भई नजिकैको पोखरीमा पल्टिएको प्रहरीको भनाइ छ। ना ७ त ४३८३ नम्बरको ट्याक्टर दुर्घटना भएलगत्तै साहलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !