घरमा ठोक्कियो ‍मिनि ट्रक : एक जनाको मृत्यु, अर्का घाइते

घरमा ठोक्कियो ‍मिनि ट्रक : एक जनाको मृत्यु, अर्का घाइते

​सिमरा : बारामा सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै ट्रकमा सवार जीतपुर सिमरा उपमहानगरपालिका-८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन् । उनको टाउको, दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। घलेका अनुसार दुर्घटनालगत्तै दुबै घाइतेलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारका क्रममा पासवानको मृत्यु भएको हो।

प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट घरको एकतर्फको पर्खालमा क्षति पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.