आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : आज राति देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !