झिमरुक खोलाले बगाउँदा एकजनाको मृत्यु

झिमरुक खोलाले बगाउँदा एकजनाको मृत्यु
सुन्नुहोस्

प्यूठान : झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश सुनारको मृत्यु भएको हो। 

ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बिजुवार गणतान्त्रिक खेल मैदान नजिक खोला किनारमा उनले प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको बजाज डिस्कभर मोटरसाइकल मोटरसाइकल, चप्पल र मोबाइल भेटिएको प्रहरीले जनाएको छ।

हिजो बेलुकादेखि सुनार डेराबाट सम्पर्कहीन भएका थिए। घटनाको कारण खुल्न सकेको छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.