लयमा फर्किदै सेयर बजार, नेप्से परिसूचक ७९अंकले बढ्यो, साढे ४ अर्बको कारोबार
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको छ।
यसदिन ३३५ वटा स्क्रिप्सको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भए। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि आएको छ। अघिल्लो दिन बिहीबार ४ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो। बुधबार पनि सेयर बजार सकारात्मक देखिएको थियो।
कारोबारमा आएकामध्ये २५९ वटा स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो। श्रीनगर अग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाए। उक्त कम्पनीको सेयर १५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनि शीर्षस्थानमा रह्यो। सो कम्पनीले २२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। कर्पोरेट डेभलपमेन्ट बैंकले १७ करोड मूल्य बराबरको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्सर र रिडी पावरले १५/१५ करोड र नगदी ग्रुप पावरले १४ करोड मूल्य बराबरको कारोबार गरे।
म्युअुचल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। मनु एण्ड प्रो समूहको उपसूचक ४.६०प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको ४.५८ प्रतिशत र इन्भेस्टमेन्ट समूहको उपसूचक ४.१२ प्रतिशतले बढ्यो।
प्रतिक्रिया दिनुहोस !