प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढ्यो
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यो समयमा परिसूचक १४.९६ अंकले बढेर २६०५.२६ विन्दुमा पुगेको छ।
यो समयमा ७४ वटा स्क्रिप्सको २४ हजार ७२४ कित्ता सेयर १ करोड १८ लाख ६८ हजार ५१९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी २ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !