चीन र रुस जोड्ने इरानका रेल पुल अमेरिकी मिसाइलको निशानामा

चीन र रुस जोड्ने इरानका रेल पुल अमेरिकी मिसाइलको निशानामा
सुन्नुहोस्

इरान : इरानको गोलेस्तान प्रान्तमा रहेको अकताका खान रेल पुल यतिबेला अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । अमेरिकाले गत हप्ता यस पुलमा मिसाइल आक्रमण गरेको थियो । यो रेलमार्गले इन्चेब्रोन सीमा नाकामार्फत इरानलाई मध्य एशिया, रुस र चीनको रेल सञ्जालसँग जोड्छ ।

यो आक्रमणपछि इरानको अर्थतन्त्रका लागि यो मार्ग कत्तिको महत्वपूर्ण छ ? र यो अवरुद्ध हुँदा के–कस्ता असर पर्न सक्छन् ? गोलेस्तानस्थित अर्धसैनिक बल ‘निनवे गाड्र्स’ का अनुसार, अकताका खान रेल पुललाई अमेरिकी क्रुज मिसाइलहरूले निशाना बनाएका थिए ।

इरानी सञ्चारमाध्यमका अनुसार, गोर्गन नदीमाथि बनेको यस पुलमा कम्तीमा सातवटा मिसाइल प्रहार गरिएको थियो । इरानी अधिकारीहरूले मानवीय क्षतिको पुष्टि नगरे पनि, रेल पूर्वाधारमा उल्लेखनीय क्षति पुगेको बताएका छन् । यो आक्रमण त्यस्तो समयमा भएको हो, जब पछिल्ला केही वर्षदेखि उत्तरी इरानका रेलमार्गहरू व्यापार र यातायातका प्रमुख माध्यम बनेका छन् ।

यी मार्गहरूले रुस, चीन तथा मध्य एशियाली देशहरूसँग इरानको आर्थिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । इरानी अधिकारीहरूका अनुसार, यी रेलमार्गले अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धको प्रभाव कम गर्न पनि सहयोग गरेका छन् । यो पहिलो पटक भने होइन जब अमेरिकाले इरानको रेल पूर्वाधारलाई निशाना बनाएको हो। यस वर्ष अप्रिलमा, अमेरिका र इजरायलसँगको युद्धका क्रममा तेहरान, अल्बोर्ज, कोम, इस्फहान, जान्जान र पूर्वी अजरबैजान प्रान्तका कम्तीमा छवटा रेल पुलहरूमा आक्रमण गरिएको थियो ।

तर अप्रिल २०२६ को युद्धविराम भंग भएपछि अकताका खान पुलमा भएको आक्रमण इरानको यातायात पूर्वाधारमाथिको पहिलो हमला हो । अमेरिकी अधिकारीहरूले अकताका खान पुलको नाम नलिए पनि, त्यस दिन इरानका ‘लजिस्टिक र सपोर्ट इन्फ्रास्ट्रक्चर’ लाई निशाना बनाइएको बताएका थिए । यससँगै खोरासान रजावी प्रान्तको तोरबत रेल स्टेशनमा पनि आक्रमण भएको थियो, जसका कारण मशहद जाने रेल सेवा अवरुद्ध भएको थियो ।

उत्तरी इरानको रेलमार्ग किन महत्वपूर्ण छ ?
अकताका खान पुल गोर्गन–इन्चेब्रोन रेलमार्गमा अवस्थित छ, जसले इन्चेब्रोन सीमा स्टेशनलाई इरानको राष्ट्रिय रेल सञ्जालसँग जोड्छ । यस रेलमार्गमार्फत इरानको रेल नेटवर्क तुर्कमेनिस्तान, काजाकिस्तान, रुस, चीन तथा अन्य मध्य एशियाली देशहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले अकताका खान केवल स्थानीय पुल मात्र होइन, इरानलाई उत्तरी र पूर्वी यूरेशियासँग जोड्ने सबैभन्दा महत्वपूर्ण मार्गहरूमध्ये एक हो ।

यातायात तथा भू–राजनीतिक विज्ञहरूका अनुसार, यस मार्गमा कुनै पनि अवरोध आएमा क्षेत्रीय व्यापार र आवागमनमा प्रत्यक्ष असर पर्न सक्छ । हालका वर्षहरूमा इन्चेब्रोन सीमा नाका इरानी रेल व्यापारको सबैभन्दा महत्वपूर्ण प्रवेशद्वार बनेको छ । इन्चेब्रोन फ्री जोनको विकास, कार्गो टर्मिनलको क्षमता विस्तार तथा लजिस्टिक्स पूर्वाधारमा गरिएको लगानीले सीमावर्ती अर्थतन्त्रमा यसको महत्व अझ बढाएको छ । इरान–तुर्कमेनिस्तान–काजाकिस्तान अन्तर्राष्ट्रिय रेलमार्गले मध्य एशियाली देशहरूलाई लामो समुद्री मार्ग प्रयोग नगरी फारसको खाडी र अन्तर्राष्ट्रिय समुद्री मार्गसँग जोड्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.