प्रतिनिधि सभा बैठकमा के हुँदैछ ?(लाइभ)
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठकमा सभामुख डीपी अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसै प्रधानमन्त्री बालेन्द्र शाहकोव तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण- २०८२ आषाढ मसान्तसम्म) पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
मन्त्री गौतमले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेश गर्ने छिन्। यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
साथै बैठकमा विभिन्न सन्धीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !