युक्रेनमा जेलेन्स्कीविरुद्ध किन भइरहेको छ प्रदर्शन ?
युक्रेन : युक्रेनमा रक्षामन्त्रीलाई पदबाट हटाइएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निर्णयविरुद्ध प्रदर्शन भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक हटाउने निर्णय गरेपछि नागरिक समाजमा ठूलो असन्तुष्टि देखिएको छ ।
सांसदहरूले समेत यस निर्णयको विरोध गरेका छन् । बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा अधिकांश युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले ‘फेडोरोभबाट टाढा रहनुहोस्’ र ‘विजयमा बाधा पुर्याउन बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका थिए भने ‘लाज मान !’ भन्दै नाराबाजी गरेका थिए ।
राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवाका कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । जेलेन्स्कीले भनेका छन्, ‘खमाराले प्राविधिक युद्ध सञ्चालनमा व्यापक र धेरै अवस्थामा अभूतपूर्व अनुभव हासिल गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस !