अली खामेनीको मृत्युको १३२ दिनपछि गरियो अन्त्येष्टि, ढिलाइबारे किन उठे प्रश्न ?
इरान : अली खामेनी २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणको सुरुमै आफ्नै निवास तथा कार्यालय परिसरमै मारिएका थिए । उनको मृत्यु भएको १२५ दिनपछि, अर्थात् जुलाई ३ को बिहान, पहिलो पटक खामेनी र उनीसँगै मारिएका परिवारका सदस्यहरूको शवपेटिका तेहरानस्थित इमाम खुमैनी मुसल्लामा सर्वसाधारणका लागि राखियो । यी १२५ दिनसम्म पूर्व सर्वोच्च नेताको शव कहाँ र कसरी सुरक्षित राखिएको थियो भन्नेबारे इरानी अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन् ।
इरानी झण्डाले बेरिएका पाँच वटा शवपेटिका सामान्यभन्दा अग्ला थिए र विशेष काँचका संरचनाभित्र राखिएका थिए । सुरक्षाका कारण साथै ती संरचनामा तापक्रम नियन्त्रणको व्यवस्था गरिएको हुन सक्ने अनुमान पनि गरिएको थियो । हालसम्म इरानी अधिकारीहरूले खामेनीको मृत्यु गराउने शारीरिक चोटबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । उनीहरूले केवल परिसरमा अत्यन्त शक्तिशाली विस्फोट भएको बताएका छन् ।
किन उठे प्रश्न ?
शवप्रति सम्मान
उनले मुस्लिम समुदायमा प्रचलित अस्थायी व्यवस्थापनको एउटा अवधारणा सुरक्षित रुपमा जिम्मा लगाइएको उल्लेख गरे । सरल भाषामा भन्नुपर्दा, ‘वदिअह’ भन्नाले कुनै वस्तुलाई सुरक्षित राख्न अर्को व्यक्तिलाई अमानतका रूपमा जिम्मा लगाउनु हो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा मुस्लिम शवसम्बन्धी शरियतका नियम र यस्ता परिस्थितिमा धार्मिक आदेश के हुन्छ भन्ने विषयमा व्यापक बहस भएको थियो ।
इस्लामिक शिक्षाअनुसार, मानिसको मृत्यु हुने बित्तिकै उसको शवलाई सम्मानको दर्जा दिइन्छ । अन्त्येष्टिसम्म त्यससँग सम्बन्धित विशेष धार्मिक विधि र परम्पराहरू पालना गरिन्छ । केही परम्परा धार्मिक शिक्षाबाट आएका हुन् भने केही सामाजिक तथा सांस्कृतिक अभ्याससँग सम्बन्धित छन् । इस्लामले शवको सम्मान र गरिमाको संरक्षणलाई विशेष महत्व दिन्छ ।
त्यसैले छिटो अन्त्येष्टि गर्नु पनि शवप्रतिको सम्मानकै एउटा पक्ष मानिन्छ । हसन फरश्तियानका अनुसार इस्लामिक कानुनमा शवका अंगलाई क्षति पुर्याउने विषयमा पनि स्पष्ट नियम छन् । जसरी जीवित व्यक्तिलाई हानि पुर्याउँदा धार्मिक र कानुनी परिणाम हुन्छ, त्यसरी नै शवलाई क्षति पु¥याउनु पनि निषेध गरिएको छ ।
खामेनीको अन्त्येष्टिमा भएको ढिलाइबारे उनले भने, ‘छिटो अन्त्येष्टि गर्नु शरियतले जोड दिएको सिफारिस हो, तर शिया समुदायमा यो अनिवार्य धार्मिक आदेश भने होइन ।’ उनका अनुसार शिया परम्परामा छिटो अन्त्येष्टि राम्रो मानिए पनि विशेष परिस्थितिमा ढिलाइ गर्न सकिन्छ, यदि त्यसले मृतकको सम्मान जोगाउँछ भने । यसको विपरीत, केही सुन्नी विद्वानहरू सम्भव भएसम्म मृत्यु भएकै दिन अन्त्येष्टि गरिनुपर्ने धारणा राख्छन् ।
आधुनिक परिस्थितिको प्रभाव
फरश्तियानका अनुसार प्राचीन समयमा शव सुरक्षित राख्ने आधुनिक प्रविधि थिएन । त्यसैले सार्वजनिक स्वास्थ्यका कारण पनि छिटो अन्त्येष्टिमा जोड दिइन्थ्यो । तर अहिले फरेन्सिक अनुसन्धान, कानुनी प्रक्रिया र अन्त्येष्टि तयारीका कारण मृत्यु र अन्त्येष्टिबीच धेरै दिनको अन्तर हुनु सामान्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस !