ठूलै अपराध गरेर आए जस्तो गणेश नेपालीकाे शव राखिएको छ, परिवारलाई हेर्न पनि दिइएको छैन : ऐन महर
काठमाडौं : नेकपा एमालेका सांसद ऐन महरले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको शव ठूलै अपराध गरेर आएका व्यक्तिको जस्तै गरी वीर अस्पतालमा राखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद महरले हिजो रातिदेखि नै परिवारका सदस्यहरुलाई समेत भेट्न नदिइएको पाइएको बताएका छन् ।
उनले अहिलेसम्म गणेशको शव परिवारलाई हस्तान्तरण नगरेको र प्रहरीले ठूलो सुरक्षा दिएर राखेको बताउँदै सांसद महरले भने, ‘मानौं ठूलै अपराध गरेर आए जसरीकन शव राखिएको छ । यो दुःख छ ।’ वीर अस्पतालमा केहिले हिजो राति यहाँ गृहमन्त्री आउनु भयो, बस्नु भयो भनेर सुनाएको बताउँदै भने, ‘म एउटा कुरा के भन्न चाहन्छु भने स्टण्ड गर्ने बानी सरकारले छोड्नु प¥यो ।’
प्रतिक्रिया दिनुहोस !