गणेश नेपाली मृत्यु प्रकरण : डीआइजी थपलियाको नेतृत्वमा सरकारले बनायो छानविन समिति

गणेश नेपाली मृत्यु प्रकरण : डीआइजी थपलियाको नेतृत्वमा सरकारले बनायो छानविन समिति

काठमाडौं : काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २५ वर्षीय युवा गणेश नेपाली उपचारका क्रममा मृत्यु भएपछि सरकारले घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । गृहमन्त्री गुरुङका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र निष्पक्ष अनुसन्धान अघि बढाउन काठमाडौँ महानगरपालिकाका ३ जना नगर प्रहरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।

त्रिपुरेश्वरमा जरिवाना तिर्ने विषयमा विवाद हुँदा नेपालीले आत्मदाहको प्रयास गरेका थिए । ५५ प्रतिशतभन्दा बढी शरीर जलेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ११ः १९ बजे निधन भएको अस्पताल स्रोतले जानकारी गराएको छ । संसदमा बोल्दै गृहमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको अथक प्रयासका बाबजुद नेपालीलाई बचाउन नसकिएको बताए । उनले घटनाको वास्तविकता पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.