गणेश नेपाली मृत्यु प्रकरण : वीर अस्पताल परिसरमा प्रदर्शन

गणेश नेपाली मृत्यु प्रकरण : वीर अस्पताल परिसरमा प्रदर्शन

काठमाडौं : राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । शुक्रबार बिहान अस्पतालले नेपालीलाई मृत्यु भएको घोषणा गरेपछि आफन्तजन, शुभेच्छुक तथा युवाहरु वीर अस्पताल पुगेका थिए । 

हत्यारा सरकार मुर्दावाद लेखिएको प्लेकार्ड देखाउँदै युवाहरुले अस्पताल परिसरभित्र प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालीको निधन भएको खवर ढिला मात्रै जानकारी गराएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेपालीका आफन्तजनहरुले राज्यका कारण आत्मदाह गर्ने अवस्था आएको भन्दै सरकारले परिवारको हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने जनाएका छन् । आफ्नो मोटरसाइकलमा काठमाडौं महानगरका नगर प्रहरीले ह्वील लक गरेको बिषयमा विवाद हुँदा नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आगोका कारण गम्भीर घाइते भएका नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्प्तालमा निधन भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.