समयमा नै काम सम्पन्न गर्ने निर्माण कम्पनी सम्मानित

समयमा नै काम सम्पन्न गर्ने निर्माण कम्पनी सम्मानित
सुन्नुहोस्

डडेलधुरा : समयमा नै निर्माण सम्पन्न गर्ने दुईवटा कम्पनीलाई सम्मान गरिएको छ । निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने दुई निर्माण व्यवसायी (जेभी)लाई पूर्वाधार विकास कार्यालय डडेलधुराले सम्मान गरेको हो।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख नवराज रावलले राजेन्द्र–तेज–दुनिला जेभी, धनगढी र सिद्धनाथ–जयभगवती जेभीलाई सम्मानपत्र प्रदान गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरेकोमा प्रशंसा गरेका छन्। उक्त निर्माण कम्पनीले राजपुर–बोगटान–दिपायल (बासुदेवी–मडघर खण्ड) २० किलोमिटर सडक निर्माण कार्यको जिम्मा लिएको राजेन्द्र–तेज–दुनिला जेभी, धनगढीसँग २०८० चैत ३ गते सम्झौता भएको थियो। उक्त आयोजना २०८३ भदौ ३ गते सम्पन्न गर्नुपर्नेमा निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त आयोजनाको कुल लागत ७९ करोड २२ लाख १६ हजार ५ सय ४९ रुपैयाँ रहेको थियो । 

त्यसैगरी, डोटीको बोगटान क्षेत्रमा रहेको टुडागाड सडक पुल (२५ मिटर) निर्माणको जिम्मा लिएको सिद्धनाथ–जयभगवती जेभीसँग २०८२ असार ३ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८३ जेठ ३ गते नै पुल निर्माण सम्पन्न गर्नुपर्नेमा समयमै सम्पन्न गरेको हो। त्यस आयोजनाको कुल लागत ५ करोड १५ लाख ६२ हजार ९ सय ८५ रुपैयाँ रहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.