निर्माण क्षेत्रका व्यवहारिक समस्या हल गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

निर्माण क्षेत्रका व्यवहारिक समस्या हल गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाले आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताएका छन् । निर्माण व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलमा आज प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताएका हुन् ।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका हुन् । व्यवसायीहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरुले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.