च्यासलमा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन बैठक
काठमाडौं : गत फागुन २१ गतेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि नेकपा एमालेको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले निर्वाचनमा एमालेको विपक्षमा आएको जनमत र पार्टी पुनर्गठनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । पछिल्लो समय नेकपा एमालेले पार्टीलाई विगतकै रफतारमा अगाडि बढाउन छलफल र अन्तरक्रियालगायतका गतिविधिहरु बाक्लो बनाउँदै लगेको छ ।
प्रतिक्रिया दिनुहोस !