नेकपाको प्रश्न : हाइवेको एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन ?
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले हाइवेको वर्तमान एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन भन्दै संसदमा प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद हमालले अहिले डिजिटलाइजेशन, अल्गोरिदमलगायतका कुराहरु उठिरहेको बताउँदै कतै वर्तमान सरकारको एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन भन्दै प्रश्न गरेका छन् । उनले सरकार प्रमुख सिटमा भएको तर, त्यसको सफ्टवेयर, त्यसको अल्गोरिदम कसैद्वारा सञ्चालित त छैन भन्दै आशंका व्यक्त गरेका छन् ।
सांसद हमालले सरकारको १०० दिन हुन लागेको बेलामा रास्वपाको महाधिवेशन भएको बताउँदै संसदबाट आफूहरुले धेरै प्रश्नहरु उठाएको बताए । उनले सरकारको अर्थ राजनीतिक दृष्टिकोण के हो ? कुन सिद्धान्तबाट गाइडेड छ ? भन्द्र प्रश्न समेत गरेका छन् । उनले यो नव उद्धारवादी आर्थिक व्यवस्थामा, सरकारले नव उद्धारवादी सोंचले काम गरिरहेको छ कि ? भन्नेबारेमा सरकारको नीति तथा कार्यक्रम, बजेटको बारेमा प्रश्न उठाएको बताए ।
प्रतिक्रिया दिनुहोस !