काठमाडौं : फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।
भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा लम्बिँदा पनि दुवै टोलीले गोल गर्न सकेनन्। जसको फलस्वरूप खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो।
पेनाल्टी सुटआउटमा कोलम्बियाले दुईवटा पेनाल्टी मिस गर्यो। कोलम्बियाको लागि जुआन क्विनटेरो, जामिन्टन क्याम्पसज र लुइस डियाजले गोल गरे। जहाँ डेभिन्सन सान्चेजले पेनाल्टी हान्ने क्रममा क्रस बारमा प्रहार गरे। अर्का कुचो हनान्डेजको प्रहार भने गोलकिपरले बचाउ गरिदिए।
स्विट्जरल्यान्डको लागि चार खेलाडीले पेनाल्टीमा गोल गरे जहाँ एक खेलाडीले भने क्रसबरमा माथि हाने। ग्रेनिट जाका, जेकी आम्दोनी,सेड्रिक इटेन र रुबेन वर्गासलर गोल गर्दा म्यानुअल अंकाजीले क्रसबार माथि प्रहार गरे। 
राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डसँग पराजित भएसँगै कोलम्बियाको भन्ने विश्वकप यात्रा सकिएको छ। सन् १९५४ यता विश्वकपको क्वाटरफाइनलसम्म पुग्न नसकेको स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको छ।
१३ औं पटक विश्वकप खेलिरहेको स्विजरल्यान्डले चौथो पटक क्वाटरफाइनलको यात्रा तय गरेको हो। स्विट्जरल्यान्डले क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !