शासकीय सुधारका अधिकांश विषयमा सफलता प्राप्त गर्‍यौं : अर्थमन्त्री

शासकीय सुधारका अधिकांश विषयमा सफलता प्राप्त गर्‍यौं : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल भएको बताएका छन्।

मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सरकारको १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७ दशमलव २ प्रतिशत प्रगति हासिल भएको बताए।

उनले आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने धारण राखे। मन्त्री वाग्लेले राष्ट्रसेवकहरूमा सुशासन र सदाचार प्रवर्द्धनका लागि विभिन्न नीतिगत तथा कानुनी व्यवस्था गरिएको, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, राष्ट्रिय सदाचार नीति २०८३, राष्ट्रिय आरोग्य पर्यटन रणनीति तथा कार्ययोजना, २०८३ तर्जुमा गरिएको बताउनुभयो । त्यस्तै  अर्थमन्त्री डा वाग्लेले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्नका लागि काम भइरहेको बताए। 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ भर्खरै सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको पनि उहाँले जानकारी दिए।

 नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले समयबद्ध रणनीति र कार्ययोजनासहित काम गरिरहेको र भविष्यमा पनि हरसम्भव प्रयास गर्ने उहाँले जानकारी दिएर बैठकले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.