थप घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली हजारमा साताको तेस्रो दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ । आइतबार र सोमबार लगातार घटेको सुनचाँदीकै भाउ आज तोलामा एक हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ९ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८९ हजार ४ सय कायम भएको थियो । गएको बिहीबार र शुक्रबार दुई दिनमा १२ हजार ४ सय बढेको सुनको भाउ त्यसयता तीन दिन लगातार घटेको हो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यस्तै गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो ।
प्रतिक्रिया दिनुहोस !