प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्षबीच भेटवार्ता
तस्बिर : प्रधामन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ।   मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता जारी छ।

भेटमा नेपाल-एडीबी सहकार्य,विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल हुने जनाइएको छ।

यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।

अर्थ मन्त्रालयका अनुसार हस्ताक्षर भएका सम्झौतामध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

एडीबीले नेपालमा पूर्वाधार,ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.