आश्वासन र भाषण होइन, ठोस नतिजा दिने गरी काम गर्ने कोशिसमा छु : गृहमन्त्री गुरुङ


काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व भएको भन्दै मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

गृह प्रशासनलाई केवल परम्परागत सुरक्षा निकायमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने संकल्प गरिएको उनले बताए । उनले कागजी आश्वासन र भाषणमा मात्र सीमित नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा आउने गरी आफूले काम गर्न खोजेको धारणा राखे ।

गृहमन्त्री गुरुङले आफू जिल्ला–जिल्लामा गएर अनुगमन गरिरहेको र त्यहाँबाट प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरू अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले जाजरकोट र रुकुम पश्चिम भूकम्प तथा मनसुनजन्य विपद् प्रभावित घरपरिवारको आवास पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकता दिइरहेको जानकारी दिए । आगामी वर्षका लागि जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.