स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउटमा, पराजित क्यानडा पनि नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह बी को खेल सकिएको छ। समूह बी बाट स्विट्जरल्यान्ड समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा सहआयोजक क्यानडालाई २–१ गोलले पराजित ग¥यो । स्विट्जरल्यान्डसँग पराजित भए पनि क्यानडा समूह बी को उपविजेताको रुपमा नकआउट प्रवेश गरेको छ।
दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि गोलको खाता खोल्न स्विस टोलीलाई ६० सेकेन्ड पनि लागेन । खेलको ४६ औं मिनेटमा रुबेन बर्गासले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रतामा ल्याएका थिए। त्यसमा खेलको ५७ औं मिनेटमा जोहन मोन्जाम्बीले गोल गर्दै खेललाई स्विट्जरल्यान्डको पक्षमा ल्याएका थिए।
जवाफमा क्यानडाका लागि प्रमिस डेबिडले ७६ औं मिनेटमा गोल फर्काएका थिए । त्यसका लागि नाथन सालिबाले उनलाई उत्कृष्ट पास उपलब्ध गराइदिएका थिए । अन्तिम १५ मिनेटमा स्विस पोस्टमा एकोहोरो आक्रमण गरे पनि क्यानडाले थप गोल गर्न सकेन ।
अमेरिकाको सियाटलमा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित ग¥यो । यो खेलमा जित दर्ता गरेसँगै बोस्निया एनड हर्जगोभिनाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ।
स्विट्जरल्यान्ड ७ अकंसहित समूह ‘बी’ को विजेता बन्यो ।क्यानडा र बोस्नियाको समान ४ अंक भए पनि गोल भिन्नताका आधारमा क्यानडा दोस्रो भयो । समूहको तेस्रो स्थानमा रहेकाले बोस्नियाको पनि अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो भएको छ । १२ समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस !