हुनेवाला पतिलाई ४०० फिटको खाल्डोमा धकेल्ने सिया र उनका प्रेमीले स्वीकारे अपराध

हुनेवाला पतिलाई ४०० फिटको खाल्डोमा धकेल्ने सिया र उनका प्रेमीले स्वीकारे अपराध

भारत : भारत पुणेको लोहागढ किल्लाबाट ४०० फिट गहिरो खाडलमा आफ्ना हुनेवाला पति केतन अग्रवाललाई धकेलेको आरोपमा उनकी हुनेवाला दुलही सिया गोयलले आफ्नो अपराध स्वीकार गरेकी छिन् । सियाका प्रेमी चेतन चौधरीले पनि हत्याकाण्डमा आफू संलग्न रहेको स्वीकार गरेका छन् । स्रोतहरूका अनुसार प्रहरी सोधपुछमा दुवैले सिया केतनसँग विवाह गर्न चाहँदैनथिन्, त्यसैले उनले केतनको हत्या गर्ने योजना बनाएकी थिइन् ।

सिया र चेतन दुवै केतनलाई बाटोबाट हटाउन चाहन्थे । केतन एक ठूला व्यवसायीका छोरा थिए र उनको उमेर मात्र २६ वर्ष थियो । उनका मामा नरेन्द्र मित्तलले टाढाको नातामा नै सिया गोयलसँग उनको विवाह तय गरिदिएका थिए । केतन सियासँग निकै खुशी थिए । उनका धेरै भिडियोहरू सार्वजनिक भएका छन्, जसमा उनी जन्मदिनको उत्सवमा निकै खुशी देखिन्छन् । मगनीपछि सिया र केतन सँगै घुम्न जान्थे । यसै क्रममा उनीहरू पुणेको लोहागढ किल्लामा घुम्न गएका थिए, जहाँ सियाले केतनलाई ४०० फिट माथिबाट खाडलमा धकेलेकी थिइन् । सुरुमा यो घटना दुर्घटना जस्तो देखिएको थियो, तर पछि प्रहरी अनुसन्धानमा यो हत्या भएको खुलेको हो ।

सिया र उनका प्रेमी चेतनले प्रहरी सोधपुछमा सिया र केतनको विवाह भएको भए चेतन र सियाको सम्बन्ध अगाडि बढ्न नसक्ने बताएका छन् । सिया केतनसँग विवाह गर्न चाहँदैनथिन् । यही कारणले दुवैले उनलाई बाटोबाट हटाउने योजना बनाएका थिए । उनीहरूले मिलेर योजना बनाएका थिए । दुवै तीन वर्षदेखि एकअर्कासँग सम्पर्कमा थिए र फोनमार्फत निरन्तर कुरा गर्थे ।

केतन र सियाको मगनी यसै वर्ष फेब्रुअरीमा ठूलो धुमधामका साथ भएको थियो । दुवैलाई ट्रेकिङमा जान मन पर्थ्याे, त्यसैले उनीहरू प्रायः घुम्न जान्थे। तर, केतन सियाको बारेमा कहिलेकाहीँ चिन्तित पनि हुन्थे । उनी आफ्ना पिता विशाल अग्रवालसँग सोध्थे कि सियाको पृष्ठभूमि राम्ररी जाँचिएको छ कि छैन ? यो विवाह टाढाको नातामा तय गरिएको र मामामार्फत भएको हुनाले धेरै शंका गरिएको थिएन ।

केतनको मृत्युपछि सिया गोयल निकै दुःखी देखिएकी थिइन् र उनले इन्स्टाग्राममा स्टोरी पनि राखेकी थिइन्, जसमा लेखिएको थियो, ‘तिमी मलाई छोडेर किन गयौ, जबकि म तिमीलाई धेरै माया गर्थें ।’ यस स्टोरी र अन्य पोस्टका कारण सुरुमा कसैलाई शंका भएन कि त्यही व्यक्तिले आफ्नो हुनेवाला श्रीमानलाई धकेलेर मारेकी हुन् । त्यसैले सुरुमा केतनको परिवारले पनि यसलाई दुर्घटना मानेको थियो ।

तर अन्त्येष्टिपछि सिया उनको घर पुगेकी थिइन् । त्यहाँ केतनकी बहिनीले उनलाई धेरै प्रश्न सोधेकी थिइन्, जसमा उनी फसिन् र उनका जवाफहरूबाट बहिनी सन्तुष्ट भइनन्, र शंका बढ्यो । यो कुरा उनले परिवारलाई बताइन्, त्यसपछि प्रहरीमा उजुरी गरियो । प्रहरीले सिया गोयलको मोबाइल, डेटा, कल रेकर्ड आदिको अनुसन्धान गर्दा वास्तविकता फरक रहेको देखियो । सियाले केतनलाई बाटोबाट हटाउन उनको हत्या गरेको खुलेको हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.