राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश द्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल

राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश द्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरूमाथि धरपकड भइरहेको भन्दै एउटा अपराधीजस्तो व्यवहार गर्न थाले देश समझदारीतर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताए। 
उनले सरकारले कानुनसम्मत प्रक्रियाहरूलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनै पनि कदम चाल्नु उचित हुने धारणा राखे। 

त्यस्तै खनालले अपरिपक्क ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने बताए। संविधान बनेको १० वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। 

खनालले हचुवाका भरमा संविधान संशोधन गर्ने र विभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने बताए। उनले अहिले पनि संविधानको भाग ४ लगायत धेरै कुराहरू लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुर्‍याउन सुझाव दिए।

खनालले चितवनमा गएर प्रधानमन्त्रीले 'मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन' भनेको अवस्थामा सीमासम्बन्धी अभिव्यक्ति संसदमा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.