कपडा उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

कपडा उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी नगरपालिका–१ मा रहेको एउटा कपडा उद्योगमा सोमबार दिउँसो आगलागी भएको छ। आगलागीमा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मोहमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो करिब २ बजेतिर आगलागी भएको हो। टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन हुँदै आएको उक्त उद्योगमा आगो लागेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए। 

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेको थियो। साथै, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन करिब १ घण्टा लाग्यो। 

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट सिरक–डसना बनाउने मेसिन, जेनेरेटर एक थान, रुवाको मेसिन एक थान, ठूलो मात्रामा कच्चा र प्रशोधित रुवा, कपडा तथा तयारी सामग्रीहरू जलेर नष्ट भएका छन्। 

घटनामा १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए। उद्योगमा रहेका सिरक, डसना तथा अन्य सामग्रीहरू ठूलो मात्रामा नष्ट भए पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। डीएसपी मिश्रले आगलागीको कारण पत्ता लाग्न नसकेको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.