बाह्रकिलोको अतिक्रमित वन क्षेत्र ७ दिनभित्र खालि गर्न निर्देशन

बाह्रकिलोको अतिक्रमित वन क्षेत्र ७ दिनभित्र खालि गर्न निर्देशन
सुन्नुहोस्

गोरखा : आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सातदिने अल्टिमेटम दिइएको छ। गोरखा नगरपालिका-११ मा रहेको बाह्रकिलो वनक्षेत्रमा निर्माण गरिएका ३ दर्जनभन्दा धेरै घरटहरा आउँदो असार १३ गतेभित्र हटाउन ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले आग्रह गरेको हो।

वन समूहले डिभिजन वन कार्यालय गोरखा र गोरखकाली सवडिभिजन वन कार्यालयबाट प्राप्त पत्रको हवला दिँदै सात दिनभित्र वन क्षेत्रमा निर्मित घरटहरा नहटाएर सुरक्षाकर्मी लगाएर हटाइने चेतावनी दिएको छ। साथै गोरखा नगरपालिकाको गत वैशाख २५ गतेको कार्यपालिका बैठकको निर्णय उल्लेख गर्दै निर्धारित समयसीमाभित्र वन क्षेत्रको जग्गा खालि गर्न भनेको छ। 

आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो भन्ने ठाउँबाट गोरखाको क्षेत्र नं. २ का छेपेटार, पालुङटार, भच्चेक, बारपाक, ताकुकोट लगायतका सबै ठाउँमा जाने सडक सुरु हुन्छ। सोही ठाउँको सार्वजनिक जग्गाकब्जा गरी व्यक्तिहरूले विगत २०६० सालदेखि पसल सञ्चालन गर्दै आएका छन्। 

२०७३ सालमा त्यहाँ निर्मित पक्की घर टहरा वन कार्यालयले हटाएको थियो, तर केही समयपछि फेरि अस्थायी घरटहरा निर्माण गरेर व्यापार सुरु गरेका थिए। अहिले यहाँको सार्वजनिक जग्गामा ४० भन्दा धेरै घरटहरा बनेका छन्। सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउने नेपाल सरकारको नीति अनुसार फेरि सो ठाउँको सार्वजनिक जग्गामा बनेका संरचना हटाउन खोजिएको हो। 

अवैध रूपमा व्यापारिक प्रयोजनका लागि बनेका घरटहरा हटाउन नगर कार्यपालिकाले डिभिजन वन कार्यालयलाई, डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालयलाई र सवडिभिजनले सामुदायिक वन उपभोक्ता समूहलाई पत्राचार गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.