प्रतिनिधि छनोटमा विवाद हुँदा रास्वपाको बन्द सत्र स्थगित
काठमाडौं : प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।
महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारका लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ। बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ।
बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ। रास्वपाको महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ। महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !